Feed

छापामाध्यमका पत्रकारहरु एकै थलोमा

श्रीजनमत समाचारदाता
चितवन/साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय संजालको आयोजनामा सम्पादक तथा प्रकासकहरुको राष्ट्रिय भेला चितवनको सौराहामा सम्पन्न भएकोछ। पुस २३ गते प्रधान मन्त्री माधवकुमार नेपालद्वारा उद्घाटित भेलामा पत्रपत्रिकाहरुको स्तरोन्नतीबारे व्यापक छलफल भयो । कार्यक्रममा उपस्थित देशभरका १५० सम्पादक प्रकाशकहरुले छापामाध्यमको भविस्य सुरक्षित राख्न के कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ भन्ने बारेमा व्यापक विचार विमर्श गरे । पत्रपत्रिकाको साजसज्जा,सन्दर्भ सामग्रीको विश्वसनियता एवं विविधता र व्यापकता प्रश्तुतिकरणको कलात्मकता तथा वितरण र बजार व्यवस्थापनका बारेमा प्राप्त सुझावहरुको आधारमा पत्रपत्रिकाहरुको स्तरोन्नती गर्ने प्रतिवद्धता सहभागिहरुले जनाएकाछन् ।
सम्पादक प्रकासकहरुको भेलाले साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय संजाललाई व्यापक र प्रभावकारी बनाउन यसलाई सम्पूर्ण छापामाध्यमको साझा संस्था बनाउने निर्णय गरेकोछ । त्यस निम्ति विधानमा संसोधन गरि नाम तथा अन्य सन्दर्भहरुलाई व्यवस्थित गरिएकोछ । संसोधित प्रावधान अनुसार साप्ताहिक ÷पाक्षिक पत्रिका राष्ट्रिय संजाल अव नेपाली छापामाध्यम राष्टिय संजालमा रुपान्तरित भएकोछ ।
संगठनका अध्यक्ष देवप्रकाश त्रीपाठीको सभापतित्वमा सम्पन्न भेलामा प्रधान मन्त्री माधव कुमार नेपालले सम्बोधन गर्दै सरकारी विज्ञापनलाई व्यवथित रुपमा वितरण गर्न समानुपातिक विज्ञापन लागु गर्न आफूले सम्बधित मन्त्रालयलाई निर्देशन गरिसकेको र यसको कार्यान्वयन चाँडोभन्दा चाँडो गरिने प्रतिवद्धता प्रकट गर्नु भयो । वहाँले वरिष्ट पत्रकारहरुको हितको निम्ति चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ व्यवस्था गरिएको स्मरण पनि प्रधान मन्त्रीले त्यस अवसरमा गर्नुभएको थियो । समारोहमा अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रधान मन्त्रीका सल्लाहकार रघुजी पन्त र वरिष्ठ पत्रकारहरु हरिहर विरही, गोपाल थपलिया, शम्भु श्रेष्ठ, कविर राणा,पत्रकार महासंंघका सभापति धर्मेन्द्र झा, पूर्व सभापति विष्णु निष्ठुरी, पत्रकार महेन्द्र विष्ट,मनऋषि धिताल र खिल बहादुर भण्डारी लगायतले सम्बोधन गर्नु भएको थियो ।

No Response to "छापामाध्यमका पत्रकारहरु एकै थलोमा"

Copyright © 2009 श्रीजनमत साप्ताहिक All rights reserved.