Feed

राहत अझैपनि वितरण भएन

इटहरी/सरकारले जिल्ला शिक्षा कार्यालयलाई उपलब्ध गराउर्दै आएको राहत दरवन्दी यस वर्षदेखि नदिने निर्णय गरेपनि अघिल्लो वर्ष वितरण गर्न बाँकी रहेको २१ वटा कोटा सुनसरीमा वितरण भएको छैन् ।
अघिल्लो वर्षको दरवन्दी असार मसान्त भित्रमा वितरण गरीसक्नुपर्नेमा शिक्षा मन्त्री रामचन्द्र कुसवाहाको ठाडो आदेशमा शिक्षा विभागवाट झण्डै ४० जनाले चिठी ल्याएर जिल्ला शिक्षा अधिकारी देवनारायण यादवलाई दवाव दिन थालेपछि वितरण नभएको हो । दातृ राष्ट्रको सहयोगमा सरकारलाई उपलब्ध गराउँर्दै आएको अघिल्लो वर्षको दरवन्दी वितरण गरिने भन्दा वढीले मन्त्रालयवाट सोझै चिठी ल्याएर जिशिअ यादवलाई दवाव दिनाले वितरण अन्यौलमा परेको जनाइएको छ ।
वाँकी राहत दरवन्दी कोटा वितरण गर्न राजनीतिक दल निकट एकीकृत माओवादी, नेपाली काँग्रेस, एमाले र मधेसवादी दलका शिक्षक संगठनले पनि दवाव दिईरहेका छन् । यद्यपी, जिशिअ यादवलाई मन्त्री कुसवाहाले आफनो कार्यकर्तालाई दरवन्दी उपलब्ध गराउन दवाव दिएकाले वितरण हुन नसकेको शिक्षा कार्यालले जनाएको छ ।
जिशिअ यादवले मन्त्री कुसवाहाको आदेशमा शिक्षा विभागवाट चिठी ल्याएर दवाव दिएको सहजै स्वीकार गरेका छन् । उनले भने, ‘मन्त्रीवाट जसले जे लेखेर ल्याएपनि अन्य समस्याले रोकएको हो । अब यस वर्षदेखि वितरण गरिने ‘पर चाइल्ड फ्न्ट’ उपलब्ध गराएपछि सँगै वितरण गरिनेछ ।’ सरकारले शिक्षक राहत दरवन्दी नदिने निर्णय गरेपछि यस बर्षदेखि विद्यार्थी संख्याको आधारमा रकम उपलब्ध गराउने भएको छ ।
जिल्लामा वितरण गर्न वाँकी रहेको कोटा मध्ये प्राथमिक तहको १२ वटा, निम्न माध्यमिक तहको ३ वटा र माध्यमिक तहको ६ वटा रहेको छ । अघिल्लो वर्ष जिल्लामा ९३ वटा शिक्षक राहत दरवन्दी कोटा वितरण भएको थियो ।
सो क्रममा पनि जिल्ला शिक्षा अधिकारीदेखि राजनीतिक दल निकट शिक्षक संगठनका प्रतिनिधीले मोटो रकम लिएर वितरण गरेको आरोप लागेको छ । तत्कालीन जिल्ला शिक्षा अधिकारी हेमन्तकुमार सिंहले केही कोटा मोटो रकम लिएर वितरण गरेको आरोप छ । उनले मोटो रकम लिएर केही दरवन्दी वितरण गरेकै कारण सरुवा भएर जाने क्रममा कार्यालयका कुनै कर्मचारीलाई जानकारी विना नै हिडेका जनाइएको छ । उनी भदौ पहिलो साता कार्यालयवाट सरुवा मिलाएर हिडेपनि एक सातापछि मात्र अन्य कर्मचारीले पत्तो पाएका थिए ।

No Response to "राहत अझैपनि वितरण भएन"

Copyright © 2009 श्रीजनमत साप्ताहिक All rights reserved.