Feed

पूर्वमै नमुना बन्यो शान्तीनगरी सामुदायिक वन

पवन विवश अधिकारी
तरहरा/बन जङगलको हेरबिचार गर्नु, लडेपढेका दाउरा तथा काठहरु बन समुहमा ल्याएर उपभोक्तालाइ बिक्रि बितरण गर्नु सामुदायिक बनहरुको दैनिकी हो । तर सुनसरीमा यस्तो सामुदायिक बन पनि रहेको छ जुन सामुदायिक बनले सदैब गरिब तथा पछाढि पारिएका मानिसहरुका लागि रोजगारीको माध्यम बन्दै दैनिक उनिहरु माझनै समर्पित हुने गरेको छ ।
बन जङगलको हेरबिचार गर्ने र लडेपढेका दाउरा तथा काठहरु बन समुहमा ल्याएर उपभोक्तालाइ बिक्रि बितरण मात्र गर्ने कार्य गर्दै आएका पुर्बका अधिकांस सामदायिक वनहरुलाई यो सामुदायिक वनले थालनी गरेको सकारात्मक कामले राम्रो सन्देश दिएको छ भन्दा अतियुक्ति नहोला ।
बहुमल्य जातका जडिबुटिहरु तथा उन्नत जातका बेमौसमी तरकारीका बोटबिरुवाहरु उत्पादन गरि सहुुलियत रुपमा नै उपभोक्तालाइ दिन थालेपछि यहाँका २ हजार बढि उपभोक्ताहरु लाभान्वित भएका छन ।
सुनसरीको इटहरी २ शान्तिनगरमा रहेको शान्तिनगरी सामुदायिक बनले यसरी उन्नत जातका तरकारीका बोट बिरुवाहरु उत्पादन गरी बिक्रि बितरण कार्य थालनी गरेपछि यहाँका उपभोक्ताहरुमा समेत अहिले बेमौसमी जातका तरकारी प्रति आर्कषण समेत बढेको पाइएको छ ।
सुनसरीका ६५ ओटा सामुदायिक बन मध्ये उत्कृष्ठ सामुदायिक बनको रुपमा यसैवर्ष जिल्ला बन कार्यलय सुनसरीले सम्मानित गरेको उक्त सामुदायिक बनले गरेको बिभिन्न सकारत्मक कार्यको यहाँका बासिन्दाहरुले मुक्त कण्ठले प्रशंसा गर्न थालेका छन । उक्त सामुदायिक बन समुहले बनजङगललाई हराभरा बनाउनका लागि जङगलका खाली ठाउँहरुमा बिभिन्न जातका बिरुवाहरु बृक्षरोपण समेत गर्दै आएको छ ।
बृक्षारोपणका साथै यस सामुदायिक बनको ७ सय २९ हेक्टर क्षेत्रफल मध्ये खालि रहेको ३ बिगाहा बढिजमिनमा बिभिन्न जातका बहुमल्य जडिबुटिहरु लगाएर आफनो आयसो्रतमा समेत बृद्दि गर्दै आएको छ ।
खाली जग्गामा पश्चिमको दाङको देउखरीबाट खरिद गरेर ल्याइएको तराई यार्सागुम्बा, चिराइतो , सेतो मसुली हाइबे्रड कुरीलो लगायतका बहुमल्य जडिबुटि समेतको उत्पादन गरि बिक्रि बितरण गर्न थालेपछि उक्त समुहको मात्र आयस्रोत बृद्धि भएको छैन कि त्यहाँ कार्यरत १
पूर्वमै नमुना.........
दर्जन बढि गरिब तथा पछाडि पारिएका मानिसहरुको समेत सहारा बन्न पुगेको छ अहिले शान्तिनगरी सामुदायिक वन समुह । बहुमूल्य जातका जडिबुटिहरु लगाएर आर्थिक उपार्जन गर्ने नौलो अभियान थालेर सफलता पाएपछि यसपाली भने उपभोक्ताको रुचि अनुसार बेमौसमी उन्नत जातका तरकारीका बिरुवाहरु आफैले ब्याड मार्फत उत्पादन गरि बेर्नाहरु बिक्रि गर्न समेत थालेपछि अहिले यहाँका उपभोक्ताहरु बेमौसमी तरकारी प्रति पनि रुचि देखाउन थालेका छन ।
सो समुहले उन्नत जातका तरकारीहरु बोडि, तिते करेला, फर्सि, बासमति घिरौला, बन्दाकोभि , खुर्सानी, प्याज, लसुन, काँक्रा लगायतका तरकारीका बेर्नाहरु आफैले बन समुहमा ब्याड मार्फत उत्पादन गरि सहुलियत रुपमा बिक्रि बितरण थालेपछि उपभोक्ताहरु बेमौसमी जातका तरकारी प्रति आर्कषण बढेको समुहका ब्यावस्थापक राजन रेग्मीले बताए ।
गत पौष २५ गते बिराटनगरमा रहेको कृषि भण्डार केन्द्रबाट २५ हजार बढि लगानी गरेर ल्याइएको सो जातका उन्नत तरकारीको बिउबाट बेर्ना उत्पादन गरि सहुलियत रुपमा उपभोक्तालाइ बिक्रि बितरण गर्दा पनि २५ देखि ३० हजार बढि मुनाफा हुने ब्यावस्थापक रेग्मीले दाबी गरेका छन् ।
तरकारी खेतिमा रुचि नभएका उपभोक्ताहरुलाइ पनि खेति गर्नका लागि प्रोत्साहन गरि घरैमा तरकारी खेति लाउन सक्ने बाताबरण बनाएर उपभोक्ताको आयस्तर उकास्न सक्ने रेग्मीले जानकारी दिएका छन ।महँगीले डाँडा काटि सकेको अवस्थामा आफुहरु यसरी समुहमै बढि उत्पादन लिन सकिने तरकारीका बेर्नाहरु उत्पादन गरेर बिक्रि बितरण गर्न थालेपछि धेरैले आफुले उत्पादन गरेको बेर्नाहरु लगेर ब्यावसाहिक रुपमा खेति थालिसकेको सो समुहका अध्यक्ष नरबहादुर मोक्तानले जानकारी दिएका छन ।समुहले १५ हजार बढि उत्पादन गरेका तरकारीका बेर्नाहरु धेरै उपभोक्ताहरुले लगेका कारण फेरी अर्को चरणमा पनि यहि प्रकारका बेर्नाहरु उत्पादन गर्ने लक्ष्य समुहले राखेको बन हेरालु भलमान राईले बताएका छन ।समुहले बनकै १२ कठ्ठा खाली जग्गमा लगाएको अदुवाबाट पनि यसपालि बिक्रि बितरण गरि रामो्र फाइदा लिन सक्ने समुहका उपाध्यक्ष उत्तम राइले जानकारी दिएका छन । उनका अनुसार १० मन बढि अदुवा खालि जग्गमा रोपनि सो अदुवाबाट ५० मन बढि अदुवा उत्पादन गर्न सकिने छ ।सो समुहले पश्चिमको दाङबाट २ सय पचास पैति केजीले किनेर ल्याएको सेतो मसुलीबाट त झन अत्याधिक फाइदा भएको उपाध्यक्ष राइले बताएका छन । सुकेको १६ केजि सेतो मसुलीलाइ त आफुहरुले १७ सय प्रति केजिका दरले पनी बिक्रि गरेको समुहका अध्यक्ष नरबहादुरको धारणा रहेको छ । उनले आफुहरुले थालेको अभियान पुर्बका सामुदायिक बन मध्ये कसैले नगरेको कारण पनि आफुहरुले ठुलो सफलता पाएको दाबी गरेका छन ।
शरिरमा यौन शक्तिको कमि भएका र भिटामिन सरहको तागतबद्र्धक भएकाले आफना धेरै उपभोक्ताहरुले सेतो मसुली जडिबुटि प्रयोग गरेको उनको भनाई छ ।उनले जग्गा खाली राखेर बसेका उपभोक्ताहरुलाइ सेतो मसली लगाएर लगाउन समेत सल्लाह दिएका छन । जे होस उपभोक्ताहरुको आर्थिक उपार्जन गर्न र महँगीलाई केहि भएपनि नियन्त्रण गर्ने लक्ष्य राखेर शान्तिनगरी सामुदायिक बन उपभोक्ता समुहले थालेको अभियानको सबै बन समुहहरुले कदर गर्न आवश्यक रहेको छ ।

No Response to "पूर्वमै नमुना बन्यो शान्तीनगरी सामुदायिक वन"

Copyright © 2009 श्रीजनमत साप्ताहिक All rights reserved.