Feed

भूपू विद्यार्थीहरु सम्मानित

बि. एन् शर्मा
धनकुटा/आँखिसल्लाको एक विद्यालयले जिल्ला शिक्षा कार्यालयबाट गतसाल प्राप्त छात्रवृत्ति वितरण कार्यक्रम–२०६६ का अवसरमा आइतवार भुपू विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
श्री टपुदेवी माध्यमिक विद्यालयले प्राथमिक तहको ५० प्रतिशत छात्रा, दलित, अपाङ्ग र सिमान्तकृत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रममा प्रथम श्रेणीमा उत्तीर्ण पाँच भुपू विद्यर्थीहरुलाई फूलमाल, नगद र प्रसंसा–पत्र सहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा विक्रम सम्वत २०६३ सालको एस.एल.सीमा प्रथम श्रेणीमा उत्तीर्ण हुने दिनेश राई, २०६४ सालको एस.एल.सीमा प्रथम श्रेणीमा उत्तीर्ण हुने मानबहादुर राई र प्रदीप राई तथा २०६५सालको एस.एल.सीमा प्रथम श्रेणीमा उत्तीर्ण हुने सन्ध्या राई र पवन राई छन् ।
निम्न माध्यमिक तथा माध्यमिक तर्फको गरिव तथा जेहेन्दार छात्रवृत्तिको रकमको विद्यालयले कक्षा शिशुदेखि कक्षा दशसम्मका अन्य सम्पूर्ण विद्यार्थीहरुलाई एकेक ओटा विद्यालय पोशाकका कपडा वितरण गरेको छ । शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको राय अनुसार विद्यालयले यस पटक विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए । कार्यक्रममा प्रधानाध्यापक आचार्यले शैक्षिक सुधार कार्यक्रम अन्तरगत हालै विद्यालयले अत्यन्तै राम्रो कार्यनीति ल्याएको जानकारी दिंदै त्यसले विद्यालय सुधारमा नयाँ आयाम थप्ने आशा व्यक्त गरे । शिक्षक निर्मलप्रसाद दाहालले बोल्दै सबै शिक्षक र अभिभावक मिलेर गएमात्र विद्यालयरे उद्धेश्य हासिल गर्न सक्ने बताए । स्वगत भाषणका क्रममा शिक्षक खड्गबहादुर भण्डारीले उच्च मा.वि. सञ्चालन गर्नका लागि आम समुदाय एकजुट भएर अगाडि बढ्न आग्रह गरे । व्यवस्थापन समितिका अध्यक्ष झनकलाल राईले विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुको औचित्य र आवश्यकता माथि प्रकाश पार्दै व्यवस्थापन समिति विद्यालयको नियमित अनुगमनमा लागिपर्ने बताए । सम्मानित विद्यर्थी दिनेश राईले विद्यालयले गरेको सम्मानले आफूहरुलाई आगामी अध्ययनमा थप उर्जा मिलेको उल्लेख गर्दै सबै शिक्षक, विद्यार्थी र अभिभावकहरु मिलेर विद्यालयको वातावरण बनाउँन अनुरोध गरे । चारसय बढी शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थितिमा व्यवस्थापन समितिका अध्यक्ष झनकलाल राईको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन शिक्षक निर्मलप्रसाद दाहालले गरेका थिए ।

No Response to "भूपू विद्यार्थीहरु सम्मानित"

Copyright © 2009 श्रीजनमत साप्ताहिक All rights reserved.